पोखरामा सङ्गठित रुपमा चोरी गर्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

काठमाडौं । कास्कीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अभियानै सञ्चालन गरी ३ जना चोरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका ११ घर भई हाल पोखरा बस्ने १९ वर्षीय सुनिल श्रेष्ठ, बाग्लुङ जैमिनी नगरपालिका ९ घर भई हाल पोखरा बस्ने २७ वर्षीय खुमप्रसाद थापा र पोखरा पृथ्विचोकका २३ वर्षीय गगन खवास छन् ।

उनीहरुसँग मिलेर चोरी गर्ने अन्य केही व्यक्ति भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । विभिन्न मितिमा उनीहरुले चोरी गरेका मोबाइल, गरगहनासहित विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।