पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारीस

आइतबार बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग,थारु आयोग र मुस्लिम आयोगको अध्यक्ष सिफारीस गरेको हो ।

काठमाडौं ।  संवैधानिक परिषदले ५ आयोगका प्रमुख सिफारीस गरेको छ । आइतबार बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग,थारु आयोग र मुस्लिम आयोगको अध्यक्ष सिफारीस गरेको हो ।

वित्त आयोगमा पूर्व सचिव बालानन्द पौड्डयाल,समावेशी आयोगमा पूर्व सचिव डा.शान्तराज सुवेदी,मधेसी आयोगमा डा.विजयकुमार दत्त,थारु आयोगमा विष्णुप्रसाद चौधरी र मस्लिम आयोगमा समिम अन्सारीलाई सिफारीस गरेको हो ।

संवैधानीक परिषदले सिफारीस गरेका अध्यक्षहरुलाई संघिय संसदका संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनिहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने छिन् । संविधान अनुरुप गठीत यी आयोगहरुमा पहिलो पटक सरकारले अध्यक्ष सिफारीस गरेको हो । अध्यक्षहरुको नियुक्ती भएपछि बाकी सदस्यहरु नियुक्ती हुने छन् ।

संवैधानिक आयोगहरु पूर्ण नहुँदा अहिलेसम्म कर्मचारीले चलाउदै आएका थिए । कतिपय अवस्थामा सरकारले कामनगरेको भनेर विरोध समेत हुदै आएको छ ।