नुवाकोट घर भई हाल नयाँबजार काठमाडौं बस्ने वर्ष १८ की मल्लिका तामाङ, सोही ठाउँकी १७ वर्षीया मुस्कान तामाङ र महोत्तरी घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
काठमाडौं । फुल्चोकी घुम्न जाँदा जङ्गलमा बेपत्ता ३ जनालाई प्रहरीले उद्धार गरेको छ ।
आइतबार दिउँसो फुल्चोकी घुम्न गएका दुई जना किशोरी तथा एक जना किशोर बेपत्ता भएका थिए । फुल्चोकी घुम्न भनेर काठमाडौंबाट हिँडेका नुवाकोट घर भई हाल नयाँबजार काठमाडौं बस्ने वर्ष १८ की मल्लिका तामाङ, सोही ठाउँकी १७ वर्षीया मुस्कान तामाङ र महोत्तरी घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घुम्न भनेर फुल्चोकी गएकाहरु साँझसम्म घर नफर्केपछि कन्ट्रोलमार्फत प्रहरीलाई खबर गरिएको थियो । प्रहरीलाई खबर आएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट प्रहरी निरीक्षक श्यामकुमार कटुवालको कमाण्डमा ९ जनाको टोली जङ्गलमा खोजी तथा उद्धारका लागि परिचालित भएको परिसरले जनाएको छ ।
बाटो बिराएर जङ्गलमा बेपत्ता भएका तीनै जनालाई प्रहरीले साँझ ७ बजे फेला पारेको थियो ।