मर्यादाक्रममा अख्तियारको असन्तुष्टि

आयोगले जारी गरेको विज्ञप्तिमार्फत नयाँ मर्यादाक्रमले संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकभन्दा निकै तल राखिएको जनाएको छ ।

काठमाडौं । सरकारले परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असन्तुष्टि व्यक्त गरेको छ ।आयोगको सोमबार बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवम् सदस्यहरुको मर्यादाक्रम संवैधानिक प्रमुखहरुको लगत्तै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमार्फत नयाँ मर्यादाक्रमले संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकभन्दा निकै तल राखिएको जनाएको छ ।सरकारले परिर्माजन गरेको मर्यादाक्रमले कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्यमान्यतासमेत प्रभावित भएको भन्दै असन्तुष्टि जनाएको छ ।

‘संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोग नेपाल सरकार समक्ष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएके छ ।