दुधको गुणस्तरमा ख्याल गर्न डेरी एशोसिएसनलाई कृषि राज्यमन्त्री चौधरीको आग्रह

नेपाल डेरी एसोसिएशनको २० औं स्थापना दिवसका अवसरमा राज्यमन्त्री चौधरीले दुधको गुणस्तरमा सधै ध्यान दिन डेरी एशोसियसनलाइ आग्रह गरिन् ।

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले आम उपभोक्ताको स्वास्थ्य र दुधको गुणस्तरमा ख्याल गर्दै दुग्धजन्य पदार्थको विक्रि वितरण गर्न डेरी एशोसियसनलाई आग्रह गरेकी छन् । नेपाल डेरी एसोसिएशनको २० औं स्थापना दिवसका अवसरमा राज्यमन्त्री चौधरीले दुधको गुणस्तरमा सधै ध्यान दिन डेरी एशोसियसनलाइ आग्रह गरिन् ।

उनले अहिले दुधको गुणस्तर सम्वन्धी निदेर्शिका आएकाले त्यसबमोजिम आम उपभोक्ताको स्वास्थ्यको सदैव ख्याल गर्ने गरी व्यवसाय गर्न उनले आग्रह समेत गरिन स्थापना दिवशका अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा उपस्थिति करिव ४५ जना संचालक समिति, प्रदेश समिति, उद्यमी सदस्यहरु उपस्थित रहेको थियो ।

महासचिव प्रल्हाद दाहलले संस्थाको एतिहासिक पृष्ठभुमी माथि प्रकाश पार्दै सांगठनिक संरचनाबारे प्रस्तुति दिएका थिए ।
त्यस्तै प्रदेस स्तरमा निम्न कार्यक्रम भएका छन ।सातओटै प्रदेश प्रमुखको संयोजकत्वमा विभिन्न कार्यक्रम भइ स्थापना दिवश मनाइएको छ ।