चार करोडमा गोल्छाको फिटनेस सेन्टर

फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिकस्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो ।

गोल्छा अर्गनाइजेसनले विराटनगरको मेनरोडमा चार करोड रुपैयाँको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ ।

फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिकस्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर क्याफेमार्फत विभिन्न किसिमको शारीरिक व्यायाम गराइन्छ । फिटनेस सेन्टरमा, हेल्दी खाना, जुस, लेमन टी, ग्रिन टी पिउने व्यवस्था मिलाइएको सेन्टरले जनाएको छ ।