अन्तर्राष्ट्रिय किसान सम्मेलन फागुनमा

पहिलो पटक गर्न लागिएको सम्मेलनमा अन्तर्राष्ट्रिय अनुभव, कृषि प्रणाली, विकास र आधुनिक र प्रविधिमैत्री कृषिको अभ्यास नेपालमा पनि अघि बढाउन सहयोगी बन्ने आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले फागुन अन्तिम साता सम्मेलन गर्ने सोचमा रहेको बताए ।

काठमाडाैं । आगामी फागुन अन्तिम साता अन्तर्राष्ट्रिय किसान सम्मेलन हुने भएको छ । राष्टिय किसान आयोगले गर्ने सम्मेलनमा १० देशका उच्च तहका कृषि विज्ञ तथा किसानहरुको सहभागीता हुनेछ ।

पहिलो पटक गर्न लागिएको सम्मेलनमा अन्तर्राष्ट्रिय अनुभव, कृषि प्रणाली, विकास र आधुनिक र प्रविधिमैत्री कृषिको अभ्यास नेपालमा पनि अघि बढाउन सहयोगी बन्ने आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले फागुन अन्तिम साता सम्मेलन गर्ने सोचमा रहेको बताए ।

विश्व बजारमा कृषिको अवस्था, किसानका अनुभव, कृषि प्रणालीको प्रयोगको नेपालमा रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा केलाइने श्रेष्ठले बताए ।

सम्मेलनमा विभिन्न १० देशका तर्फबाट छुट्टाछुट्टै समग्र कृषि क्षेत्रको अवस्था समेटिएकाे प्रस्तुतीकरण हुनेछ । भने नेपालको समग्र कृषि अवस्थाको बारेमा आयोगका तर्फमा प्रस्तुतीकरण गरिने जनाइएको छ ।