नक्कली जर्नेल समातिए

शाहले एमबीबीएसमा नाम निकालिदिने भनेर प्रयागराज कार्कीबाट ३ लाख ५० हजार रुपैयाँ ठगेको पनि बताइएको छ । कार्कीसँग शाहले ४० लाखको डिल गरेका थिए । उनले यसैगरी अरुलाई पनि ठगेको हुन सक्ने प्रहरी अनुमान छ ।

काठमाडौं : आफूलाई भूपी जर्नेल बताउँदै ठगिहिँड्ने काठमाडौं भाटभटेनी–४ का मदनजङ्ग शाहलाई प्रहरीले भाटभटेनीस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनले सोमबार समातेको हो । प्रहरीले उनलाई ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । शाहले एमबीबीएसमा नाम निकालिदिने भनेर प्रयागराज कार्कीबाट ३ लाख ५० हजार रुपैयाँ ठगेको पनि बताइएको छ । कार्कीसँग शाहले ४० लाखको डिल गरेका थिए । उनले यसैगरी अरुलाई पनि ठगेको हुन सक्ने प्रहरी अनुमान छ ।

अघिपछि नक्कली आर्मीका केटाहरु बनाएर उनले ठगी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले बताए । शाहबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।