यो अङ्कले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाका लागि अर्थशास्त्रीहरुले गरेको भविष्यवाणीलाई चित पा¥यो र चिनियाँ सरकारको ६.५ प्रतिशतको आप्mनै आधिकारिक विकास लक्ष्यलाई पनि मात दियो ।
चीनको अर्थतन्त्र २०१७ मा ६.९ प्रतिशतको गतिले बढ्यो, अपेक्षाभन्दा बढी र सात वर्षमा पहिलो वार्षिक वृद्धि भएको त्यहाँको सरकारी रिपोर्टले बताएको छ । यो अङ्कले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाका लागि अर्थशास्त्रीहरुले गरेको भविष्यवाणीलाई चित पा¥यो र चिनियाँ सरकारको ६.५ प्रतिशतको आप्mनै आधिकारिक विकास लक्ष्यलाई पनि मात दियो । सन् २०१६ मा चिनियाँ अर्थव्यवस्था ६.५ प्रतिशतको गतिले बढेको थियो जुन २६ वर्षको सबैभन्दा सुस्त थियो ।
‘चौथो त्रैमासको विकास ६.८ प्रतिशतमा स्थिर रह्यो,’ रिपोर्टमा भनिएको छ, ‘उच्च निर्यात तथा उपभोक्ताले धक फुकाएर खर्च गरेकाले अर्थतन्त्रको तीव्र विस्तारमा मद्दत पुगेको हो । आर्थिक विकास केही खुम्चिने पूर्वानुमान गरिएकोमा उपर्युक्त कारणले बैङ्कको ऋण सन्तुलनमा सहयोग पुग्यो ।’
नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सद्वारा जारी रिपोर्टमा राष्ट्रीय अर्थव्यवस्थाले स्थिर र सार्थक विकासको गति कायम राखेको र अपेक्षालाई उछिनेको उल्लेख गरिएको छ । ‘चीनको विकास अति स्वस्थ छ,’ ग्रेटर चाइना इकोनोमिस्ट, आईएनजी, हङकङका आईरिस प्याङले भने, ‘२०१७ मा जुन जोखिमबारे हामी चिन्तित थियौं, उदाहरणका लागि अधिक्षमता कटौतीले जीडीपीमा नकारात्मक प्रभाव पर्छ, त्यो भएन किनकि उत्पादनवृद्धिमा सहयोग पु¥याउन नयाँनयाँ क्षेत्रहरु आएका छन् ।’