नक्सापास गर्दा घुस लिने इन्जिनियरविरुद्ध विशेषमा मुद्दा दायर

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नपकडीका इन्जिनियर कपिल अर्याल र सब इन्जिनियर लक्ष्मण ढुङ्गानाविरुद्ध आयोगले बुधबार विशेषमा मुद्दा दायर गरेको हो ।

काठमाडौं : घरको नक्सापास गराउँदा घुस लिने दुई जना इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नपकडीका इन्जिनियर कपिल अर्याल र सब इन्जिनियर लक्ष्मण ढुङ्गानाविरुद्ध आयोगले बुधबार विशेषमा मुद्दा दायर गरेको हो ।

घरको नक्सापास गर्दा सेवाग्राहीसँग ८० हजार घुससहित रङ्गेहात पक्राउ परेका दुई जनाको अनुसन्धान गरी मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम ८० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा दफा ३ को उपदफा ९१० को खण्ड ग बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी रहेको अख्तियारले जनाएको छ ।