आर्थिक वर्ष २०६६/०६७ देखि २०६९/७० सम्मको वनको आम्दानी रकममा ८७ हजार हिनामिना गरेको भन्दै सोही रकमबराबर बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
काठमाडौं : भ्रष्टाचार गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले जाजरकोट दशेरा–७ र ८ मा रहेको ओग्ले अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनाराम जैसीले वनको आम्दानीमा भ्रष्टाचार गरेको भन्दै बुधबार विशेषमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०६६/०६७ देखि २०६९/७० सम्मको वनको आम्दानी रकममा ८७ हजार हिनामिना गरेको भन्दै सोही रकमबराबर बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
जैसीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९४० अनुसार ८७ हजार बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।