अमेरिकामा सटडाउन सङ्कट

सटडाउनका कारण अमेरिका एकपटक फेरि ठूलो आर्थिक सङ्कटमा परेको छ । पाँच वर्षमा दोस्रो पटक सटडाउनको घोषणाले विश्व चिन्तित छ । अमेरिकामा सरकारी कामकारबाही ठप्प हुँदा त्यहाँ निर्यात गर्ने राष्ट्रहरुलाई ठूलो झट्का लागेको छ ।

वासिङटन : अमेरिकी सिनेटद्वारा खर्च विधेयक पारित नहुँदा ५ वर्षमा दोस्रो पटक अमेरिकी सरकारको कामकारबाही शनिबार औपचारिक रूपमा बन्द भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो वर्ष पूरा गरेको समयमा यो सङ्कट उत्पन्न भएको हो ।

के हो सटडाउन ?
अमेरिकामा एन्टी–डेफिसिएन्सी ऐक्ट लागू छ । यसअन्तर्गत अमेरिकामा पैसाको खाँचो हुँदा सङ्घीय एजेन्सीहरुले आफ्ना कामकाज रोक्नुपर्ने हुन्छ । अर्थात् कर्मचारीहरुलाई बिदामा पठाइन्छ र तलब दिइँदैन । यस्तो स्थितिमा सरकारले सङ्घीय बजट ल्याउँछ, जसलाई प्रतिनिधिसभा र सिनेट दुवैमा पारित गरिनु आवश्यक हुन्छ । अहिलेको अवस्थामा आठ लाख भन्दा बढी सङ्घीय कर्मचारी अनुपस्थित हुने अनुमान छ । केवल आपत्कालीन सेवा मात्र खुला हुनेछन् ।

पहिला पनि परेको थियो यस्तो समस्या
अमेरिकाको आर्थिक इतिहासमा यस्तो समस्याको सामना धेरै पटक गर्नुपरेको छ । यसभन्दा अघि अक्टोबर २०१३ मा सटडाउनको स्थिति उत्पन्न भएको थियो जब सत्तामा डेमोक्र्याटहरुको सरकार थियो र बाराक ओबामा राष्ट्रपति थिए । त्यतिबेला सटडाउन १६ दिनसम्म चलेको थियो र ८ लाख कर्मचारीहरु उक्त समयमा घरै बस्नुपरेको थियो । त्यसभन्दा अघि १९८१, १९८४, १९९० र १९९५–९६ ताका अमेरिकासँग खर्च गर्न पैसा थिएन । १९९५–९६ को अवधिमा २१ दिनसम्म सटडाउन भएको थियो, जुन ६ जनवरी १९९६ मा सकिएको थियो ।

वर्तमान परिस्थिति
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेको वर्ष दिन पूरा भएको बेला आएको यस सङ्कटका कारण रमाइलो मनाउन र बिदामा बस्न पाएनन् । उनको पूरा समय ओवल अफिसमा बित्यो । उनी सिनेटमा माइनोरिटी लिडर चक सुमरसँग सरकार चल्न दिन डिल गर्ने कोसिस गरिरहेका थिए । जब उनले डिलको आशा क्षीण भएको देखे, उनले दोहो¥यार भने, ‘यसका लागि डेमोत्र्mयाटहरुलाई जिम्मेदार ठह¥याइनेछ ।’

उता बजट प्रबन्धन कार्यालयका निर्देशक मिक मुल्वानीले संवाददाताहरुसँग भने, ‘यो बन्दी २०१३ को बन्दीभन्दा न्यून प्रभावकरी होस् भनेर प्रयासहरु गरिँदै छ,’ उनले भने, ‘सेनाले अहिले पनि काम गर्नेछ, सीमामा अहिले पनि सुरक्षा गस्ती हुनेछ, दमकलका कर्मचारीहरु काम गरिरहनेछन् र पार्कहरु खुलै रहनेछन् । तर यी सबै कार्यका लागि कसैलाई पनि तलब दिइनेछैन ।’ हालको इतिहासमा यो पहिलो पटक हो, जब दुवै सदन– प्रतिनिधिसभा और सिनेटसँगसगै ह्वाइट हाउस पनि एउटै पार्टीद्वारा नियन्त्रित भएको बेला यो सटडाउन भएको छ ।

विश्वमा पर्ने प्रभाव
सटडाउनका कारण अमेरिका एकपटक फेरि ठूलो आर्थिक सङ्कटमा परेको छ । पाँच वर्षमा दोस्रो पटक सटडाउनको घोषणाले विश्व चिन्तित छ । अमेरिकामा सरकारी कामकारबाही ठप्प हुँदा त्यहाँ निर्यात गर्ने राष्ट्रहरुलाई ठूलो झट्का लागेको छ । किनकि अमेरिकाको सङ्घीय सरकार ठप्प हुँदा सबै देशको निर्यात प्रभावित हुनेछ ।