जनताको मन जित्ने काम गर्न सरकारलाई युरोपियन युनियनको आग्रह

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिक छानबिन आयोगको म्याद सकिन केही दिन बाँकी रहँदा विज्ञप्तिजारी गर्दै युरोपियन युनियनले सरकारलाई यस्तो सुझाव दिएको हो ।

काठमाडौं । सङ्क्रमणकालीन न्यायबारे गम्भीर बन्न युरोपियन युनियनले सरकारलाई आग्रह गरेका छन् ।

नेपालस्थित युरोपियन युनियनले एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायबारे जनतालाई प्रस्ट पार्न आग्रह गरेको हो । द्वन्द्वको घाउ निको पार्न सरकारले जनताको विश्वास जित्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिक छानबिन आयोगको म्याद सकिन केही दिन बाँकी रहँदा विज्ञप्तिजारी गर्दै युरोपियन युनियनले सरकारलाई यस्तो सुझाव दिएको हो ।

पीडितको समस्या सुधार गर्नुपर्ने पक्षमा अन्तर्राष्ट्रिय समुदाय रहेको उल्लेख गर्दै विज्ञप्तिमा सबैको सहकार्यबाट नै शान्तिप्रक्रिया टुंगो लाग्ने बलियो आधार बन्ने उल्लेख गरिएको छ ।