प्रथम पोल्ट्री महोत्सव सुरु, कृषिमा रोजगारी सिर्जना गरेर विदेशीएका युवालाई फर्काउनुपर्छः कृषिमन्त्री खनाल

महोत्सवको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषिमा रोजगार सिर्जना गरेर विदेशीएका युवालाई फर्काउने सकिने बताएका छन् ।

काठमाडाैं । दाङको घोराहीमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रर्दशनी मेला सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषिमा रोजगार सिर्जना गरेर विदेशीएका युवालाई फर्काउने सकिने बताएका छन् ।

उनले त्यस्का लागि सरकारले कृषि पेशमा संलग्न जनशक्तिलाइ प्रोत्साहन गर्दै उचित बजारीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘अहिलेको सरकारले पनि परिवर्तन गर्न सकेन र रज्यले पनि प्राथमिकता दिन सकेन भने राज्य माथि उठ्न सक्दैन’ उनले भने, ‘कृषिमा रोजगार सृजना गरेर मात्र बिदेशीएका युवालाई स्वदेश फर्काउन सक्छौ । त्यस्का लागि हामीले गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको छ ।

कृषि मन्त्री खनालले दुधको गुणस्तर सुधार गर्न पाउडर दूधको आयातमा रोक लगाएको बताए । उनले कृषि अनुदानलाई किसानको हातमा पु¥याउने, प्राङगारिक मलको अनुसन्धान र बिकास, किसानलाई बैंकमार्फत सस्तो ब्याजमा रिणका लागि किसान बैंकको स्थापना लगायतका कार्यक्रम अघि बढाएको बताए ।

उनले उदयपुरको बेलका नगरपालिकामा ८ हजार हेक्टरमा आधुनिक खेती गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) भइरहेको बताए । उनले नार्कलाइ किसान प्रति जिम्मेवार र जवाफदेही बनाउनेतर्फ कदम चाल्ने समेत बताए ।

पहिलोपटक आयोजना भएको महोत्सव २० गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।