स्वदेशी निर्माण कम्पनीबाटै मेलम्ची सम्पन्न गराउन समितिको सरकारलाई निर्देशन

विहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्चीको काम पुरा गर्ने गरी नेपाली निर्माण कम्पनीलाई जिम्मा दिनुपर्ने समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो।

काठमाडाैं । संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले स्वदेशी निर्माण कम्पनीमार्फत नै मेलम्चीको बाँकी काम पुरा गर्न सरकारलाई सुझाव दिएको छ ।

विहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्चीको काम पुरा गर्ने गरी नेपाली निर्माण कम्पनीलाई जिम्मा दिनुपर्ने समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको हो।

टाट पल्टिएर नेपालबाट भाग्न खोजेको इटाली ठेकेदार कम्पनी सिएमसी नफर्केमा आयोजनालाई ठप्प बनाउन नहुने समितिको ठहर छ । मेलम्ची आयोजना विकामस समिति र सरकारले सीएमसीलाई १४ दिनको म्याद दिएर काममा फर्कन आग्रह गरेपनि अझै सीएमसी फर्कने मनस्थितिमा देखिदैन । तोकिएको समयमा पनि सीएमसीले प्रतिक्रिया नदिए स्वतः ठेक्का रद्द हुने छ ।

मेलम्ची आयोजना भित्र देखिएका समाधान गर्नका लागि सम्वन्धित आयोजना र निकायले छलफल र बहस गरेर अघि बढ्नुपर्ने समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन्।