मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

जिल्लाको सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुँदै छ । छनोटमा परेका गाउँपालिकामा गठित कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिले कार्यक्रम सञ्चालन हुने बस्ती र योजना छनोट गरी जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको जिल्ला व्यवस्थापन तथा समन्वय समितिलाई सिफारिस गरेका हुन् ।

परासी : विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने योजना पनि सिफारिस गरेका छन् ।

जिल्लाको सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुँदै छ । छनोटमा परेका गाउँपालिकामा गठित कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिले कार्यक्रम सञ्चालन हुने बस्ती र योजना छनोट गरी जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको जिल्ला व्यवस्थापन तथा समन्वय समितिलाई सिफारिस गरेका हुन् ।

गाउँपालिकाबाट आएको बस्ती पहिचान र योजना सिफारिसको विषयमा जिल्ला व्यवस्थापन तथा समन्वय समितिको बैठकले आवश्यक छलफल गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवललाई स्वीकृतिका लागि पठाउने जिसस प्रमुख शिवशङ्कर राय बताउँछन् । कार्यक्रमका जिल्ला सहजकर्ता अमृता गैरेका अनुसार यो कार्यक्रम सञ्चालन गर्न प्रत्येक गाउँपालिकालाई यस वर्ष रु ४५ लाखको दरले बजेट वितरण गरिएको छ । गाउँपालिकाले विपन्न, दलित तथा पछाडि परेका समुदायलाई आवास निर्माणमा सहयोग गर्नेदेखि फ्रि वाइफाइ जडान गर्नेसम्मका योजना सिफारिस गरेका छन् । रासस