कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षीको अवरोधबीच बहुचर्चित चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
र पोखरेलले टेबल गरेको विधेयकलाई सत्ता पक्षीय बहुमत सांसदले समर्थन जनाएपछि ऐन बनेको हो । उक्त ऐनलाई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा लगिनेछ । विधेयकको विरोध गर्दै अनशनरत डा. गोविन्द केसीले अब के गर्छन् भन्ने प्रश्न उब्जिएको छ ।
काँग्रेसका नेताको नाम मेट्ने काम भयो
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले काँग्रेसका नेताको नाम मेटन खोजेको आरोप लगाएका छन् । राष्ट्रिय चिकित्सा विद्येयक संसदबाट पारित भएपछि आक्रोशित बनेका देउवाले नेताको मानमर्दन सरकारले गरेको जिकिर गरे ।