बारामा पिकनिक खाएर फर्केको प्रजिअको गाडी दुर्घटना, सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइ सवार उक्त गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी हरिपालले जानकारी दिए ।

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइ सवार उक्त गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी हरि पालले जानकारी दिए ।

ना१झ १६३३ नम्वरको स्कारर्पियो गाडी दुर्घटना भएको हो । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।
बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।