गाउँपालिकाले थाल्यो बस सेवा

गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढी बस सेवा शुरु गरेको छ ।

अछामको चौखुट्टेदेखि सदरमुकाम सिलगढीसम्मका लागि दुई बस सञ्चालन गरिएका छन् । बस सेवा सञ्चालन भएपछि पूर्वीचौकीका जनतालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । बिहान, दिउँसो र बेलुका गरेर बस सेवा सञ्चालन हुने प्रशासकीय अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

उक्त गाउँपालिकाले एक्साभेटर सेवा पनि शुरु गरेको छ ।

गाउँपालिकाभित्र सडक विस्तार मर्मत तथा सुधार गर्नका लागि आफ्नै डोजर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

दुई बस ३५ सिट क्षमताका ८१ लाख ७६ हजार र एक एक्साभेटर रु एक करोड २३ लाख ४५० को लागतमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । रासस