दुर्घटनामा परेका प्रजिअ भट्टराईलाई काठमाडौं ल्याइयो

प्रजिअ भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कोर्पियो शनिबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

काठमाडौं : बारामा शनिबार साँझ भएको सडक दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ ।

प्रजिअ भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कोर्पियो शनिबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

दुर्घटनामा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । एसपी पोखरेलको शवलाई काठमाडौँ पठाइसकिएको बारा प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।