दिपक मनाङ्गेले लिए प्रदेशसभाको सपथ

काठमाडौं । दिपक मनाङ्गे उर्फ राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले सपथ गराएका हुन् । उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा लामो छलफलपछि शपथ गराइएको हो । मनाङ्गेले सपथ ग्रहणका लागि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए । सर्वोच्च अदालतको आदेश अनुसार मनाङे केही दिनअघि रिहा भएका थिए ।