काठमाडौं । मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको भन्दै मलेसिया भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठलाई सरकारले दायर गरेको मुद्धामा काठमाडौं जिल्ला अदालतले १० लाख धरौटी माग गरि छोड्ने आदेशको पाटन उच्च अदालतले सदर गरेको छ ।
सोमबार न्यायधिश रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको संयुक्त इजलासले श्रेष्ठलाई जिल्ला अदालतले १० लाख धरौटीमा रिहा गर्ने दिएको आदेशलाई सदर गरेको हो । श्रेष्ठको विरुद्ध उच्च अदालत पाटनमा मुलकी ऐनको अ.वं. १७ नं. वमोजिम वेरितको आदेश बदर गरि पाउ भन्दै निवेदन दर्ता भएको थियो । सोही निवेदनको आधारमा सोमबार अदालतले जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो ।
मलेसिया जाने कामदारबाट करिब ३ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा श्रेष्ठविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो । श्रेष्ठलाई छाड्न दिएको आदेश खारेज गरी थुनामा राखेर पुर्पक्षको माग गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले पुनरावेदन दायर गरेको थियो ।