मङ्गलबार सशस्त्र प्रहरी बलको १८औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने र जनतालाई आतङ्कित पार्ने काम भइरहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई खलबल्याउन अन्तर्राष्ट्रिय शक्ति सक्रिय भएको बताएका छन् ।
मङ्गलबार सशस्त्र प्रहरी बलको १८औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने र जनतालाई आतङ्कित पार्ने काम भइरहेको बताए ।
मुलुकलाई हिंसामा धकेल्ने कोसिस हुँदै गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता खाले हरकत सरकारलाई मान्य नहुने बताए ।
राष्ट्रिय अखण्डतालाई चुनौती दिने गरी देशद्रोही कामहरुको प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा सरकारले डटेरै सामना गर्ने चेतावनीसमेत दिए ।
पछिल्लो समय जिम्मेवार व्यक्ति तथा संस्थाहरुले द्वन्द्वकालीन मुद्दाहरु ब्युँताएर सरकारप्रति आक्रमण गरेको प्रधानमन्त्री ओलीले अरोप लगाए ।
तस्बिर : प्रदीपराज वन्त/रासस