श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि गर्न आइएलओबाट सहयोग

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र नेपालस्थित अन्तर्रािष्ट्रय श्रम संगठनका देशिय निर्देशक रिचार्ड हवार्डबीच भेटवार्ता
भएको थियो ।

अध्यक्ष भवानी राणा तथा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हवार्डसँग भेटवार्ता गरेका हुन् ।
श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्र्तगत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नया“ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रीत रहनेछन ।
सो अवसरमा महासंघ र आइएलओबीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो ।

बैठकमा महासंघका अध्यक्ष राणाले आइएलओको सहयोगप्रति आभार गरिन । राणाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन ।
अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवं श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताइन ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै महासंघ आइएलओस“ग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरुको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गरे ।
सो अवसरमा देशिय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाए । नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए ।