भारतका एक प्रतिशतसँग छ देशको कुल सम्पत्तिको ७३ प्रतिशत

विश्वस्तरमा त स्थिति अझ डरलाग्दो देखिन्छ । सर्वेअनुसार गत वर्ष विश्वको सम्पत्तिमा जति वृद्धि भयो, त्यसको ८२ प्रतिशत मात्र एक प्रतिशत धनीहरुको हात पर्यो, जब कि विश्वका ३.७ अर्ब मानिसहरुको सम्पत्तिमा एक सुको वृद्धि भएन । गरिबहरुको यो तथ्याङ्क विश्वको कुल जनसङ्ख्याको आधा हो ।

सन् २०१६ मा भारतमा जति पनि सम्पत्ति निर्माण भयो त्यसको ७३ प्रतिशतमा देशका एक प्रतिशत धनाढ्य व्यक्तिहरुले कब्जा गरे । सोमबार जारी एक सर्भे रिजल्टमा देशमा बढ्दो आय असामनताको यस्तो भयावह तस्बिर देखिएको छ ।

सर्भेअनुसार ६७ करोड भारतीयको सम्पत्तिमा केवल एक प्रतिशत मात्र वृद्धि भएको छ । वल्र्ड इकोनोमिक फोरमको वार्षिक सम्मेलन सुरु हुनुभन्दा केही घन्टाअघि इन्टरनेसनल राइट्स ग्रुप अक्सफमका तर्फबाट जारी सर्वे रिजल्टमा देखिएको छ, यो तथ्याङ्क सबैभन्दा गरिब भारतीयहरुको हो जो देशको कुल आबादीको आधा हो ।

विश्वस्तरमा त स्थिति अझ डरलाग्दो देखिन्छ । सर्वेअनुसार गत वर्ष विश्वको सम्पत्तिमा जति वृद्धि भयो, त्यसको ८२ प्रतिशत मात्र एक प्रतिशत धनीहरुको हात पर्यो, जब कि विश्वका ३.७ अर्ब मानिसहरुको सम्पत्तिमा एक सुको वृद्धि भएन । गरिबहरुको यो तथ्याङ्क विश्वको कुल जनसङ्ख्याको आधा हो ।

अक्सफामको वार्षिक सर्वेको परिणाममा विश्वभरिको दृष्टि परेको हुन्छ र यसमा वल्र्ड इकोनोमिक फोरमको वार्षिक सम्मेलनमा पनि चर्चा हुन्छ है । वास्तवमा यस सम्मेलनका महत्त्वपूर्ण विषयहरुमा आय असमानताको बढ्दो खाल्टो र लैङ्गिक असमानता जस्ता मुद्दा प्रमुख हुने गर्छन् ।
गत वर्षको सर्भेमा भारतका सबैभन्दा धनी एक प्रतिशत व्यक्तिहरुसँग देशको कुल ५८ प्रतिशत सम्पत्ति भएको देखिएको छ । यो विश्वस्तरमा ५० प्रतिशतको तथ्याङ्कभन्दा बढी हो । यस वर्षको सर्भेबाट पनि थाहा हुन्छ – २०१७ मा देशका सबैभन्दा धनी एक प्रतिशत व्यक्तिहरुको सम्पत्ति २०.९ प्रतिशत बढ्यो । यो राशि आर्थिक वर्ष २०१७/१८ का लागि भारतको कुल बजेट बराबर छ ।

‘रिवार्ड वर्क, नोट वेल्थ’ नामबाट जारी रिपोर्टमा अक्सफामले के प्रस्ट पारेको छ भने, विश्व अर्थव्यवस्थाले कसरी धनाढ्यहरुको समूहलाई अकूत सम्पत्ति प्रदान गर्यो जबकि लाखौं–करोडौं मानिसहरु गरिबीको रेखामुनि भएकाले सरकारी योजनाहरुको भर परेर बाँच्न सङ्घर्ष गरिरहेका छन् ।
एउटा अध्ययनमा भनिएको छ, ‘न्यूनतम ज्याला पाउने ग्रामीण भारतको कुनै मजदुरलाई देशको कुनै गार्मेन्ट कम्पनीको माथिल्लो तहको अधिकृतको एक वर्षको तलबबरारबर पैसा कमाउन ९४१ वर्ष लाग्छ ।’ यसैगरी अमेरिकामा एउटा सामान्य कामदारले वर्षभरिमा जति कमाउँछ त्यति एउटा सीईओले एकै दिनमा कमाउँछ । सर्वेमा १० देशका ७० हजार व्यक्तिहरुसँग सोधपुछ गरिएको थियो ।
–पीटीआई