नेपाल औषधी र उदयपुर सिमेन्टमा महाप्रवन्धक नियुत्ति हुँदै, आवेदन दिने अन्तिम दिन फागुन २ मा

दुबै संस्थानको महाप्रवन्धक हुन स्नातकोत्तर तह उत्तिर्ण गरेको, कम्तिमा ३ वर्ष कार्यअनुभव भएको र ३० वर्ष उमेर पुराभई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

काठमाडौं । सरकारले दुईटा संस्थानमा महाप्रवन्धकको नियुत्ति प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रित्त महाप्रवन्धकको नियुत्ति गर्न लागेको हो ।

यसअघि नेपाल औषधीबाट डा. रोवसकुशम सुवेदी र उदयपुरका सुरेन्द्र पौडेलले राजीनामा गरेपछि रित्त महाप्रवन्धको पदपुर्ति गर्न लागेको हो । महाप्रन्धकका लागि गठित शिफारिश समितले फागुन २ गतेभित्र आवेदन दिन भनेको छ ।

दुबै संस्थानको महाप्रवन्धक हुन स्नातकोत्तर तह उत्तिर्ण गरेको, कम्तिमा ३ वर्ष कार्यअनुभव भएको र ३० वर्ष उमेर पुराभई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । व्यवसायीक कार्ययोजना र केस स्टडी प्रस्तुतिकरण गर्नुपर्ने शिफारिश समितिले जनाएको छ ।