चीन–अमेरिका व्यापार वार्ताको एसियाली सेयर बजारमा मिश्रित प्रभाव

जापानको सेयर बजारको लेखाजोखा राख्ने निक्के सूचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलव ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलव १७ कायम भएको छ । 

सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एसियाली सेयर बजारमा मिश्रित प्रभाव देखिएको छ ।

जापानको सेयर बजारको लेखाजोखा राख्ने निक्के सूचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलव ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलव १७ कायम भएको छ ।

हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलव १९ अङ्क कायम भएको छ ।

साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलव ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । रासस/एपी