स्याङ्जा गल्याङका तिलकराम अधिकारी पक्राउ परेका छन् । उनले माघ १६ गते रियल टाइगर टुर्स एन्ड ट्राभल्सको आठ लाख १५ हजार रुपैयाँ बैङ्कमा जम्मा गर्न गएका थिए ।
काठमाडौं ः स्याङ्जा गल्याङका तिलकराम अधिकारी पक्राउ परेका छन् । उनी माघ १६ गते रियल टाइगर टुर्स एन्ड ट्राभल्सको आठ लाख १५ हजार रुपैयाँ बैङ्कमा जम्मा गर्न गएका थिए ।
तर उनले बीचमै लुटेराहरुले बन्दुक देखाई पैसा लुटिदिए भन्ने झुटो घटना बनाएर पैसा लुकाएको पाइएको छ । तर पछि प्रहरीले उनीसँग केरकार गर्दा घटना झुटो भएको उनले नै स्विकारेका छन् ।
साथै उक्त पैसा सामाखुसीस्थित अमृत डुम्रेको कोठामा लुकाइराखेको बयान दिएका छन् । अमृत डुम्रे भने फरार छन् । पक्राउ परेका अधिकारीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।