नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड मर्जर हुने, नाम चाहि पछि तय गरिने

२०७५ माघ १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै संस्थान मर्जर गरी कामका आधारमा एउटै छुट्टै कम्पनीका रुपमा रुपान्तरण गरिने सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

काठमाडाैं । नेपाल खाद्य संस्थान र नेशनल टेडिङ लिमिटेड मिलाएर आपूर्तिसम्वन्धी काम गर्ने छुट्टै कम्पनी बन्ने भएको छ ।

२०७५ माघ १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै संस्थान मर्जर गरी कामका आधारमा एउटै छुट्टै कम्पनीका रुपमा रुपान्तरण गरिने सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

उनले कम्पनीको नाम पछि तय गर्ने गरी मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक स्वीकृति दिइएको बताए ।