विभिन्न द्वन्द र आन्दोलन मृत्यु हुने २८०७ राष्टसेवकलाइ सहिद घोषणा गरिने

१०१८ जना नेपाली सेना, १४४८ नेपाल प्रहरी, ३१८ शसस्त्र प्रहरी र २३ राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवकहरुले विभिन्न आन्दोलनमा ज्यान गुमाएकाले सहिद घोषणा गरिने बास्कोटाले बताए ।

काठमाडौं । विगतका जनआन्दोलन, शसस्त्र द्धन्द र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका २८०७ राष्ट्रसेवकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।

मन्त्रिपरिषद्को माघ १४ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विभिन्न आन्दोलन र द्धन्दमा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाइ सहिद घोषणा गर्न लागिएको बताए ।

१०१८ जना नेपाली सेना, १४४८ नेपाल प्रहरी, ३१८ शसस्त्र प्रहरी र २३ राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवकहरुले विभिन्न आन्दोलनमा ज्यान गुमाएकाले सहिद घोषणा गरिने बास्कोटाले बताए ।
सवै राष्ट्रसेवकहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने समेत निर्णय भएको उनले बताए ।