१९ हजार ७०० डलर सहित इजरायली नागरिक पक्राउ

विशेष सुराकीका आधारमा बिहीबार दिउँसो १ बजे थाइ लायन एयरबाट बैंकक जान लागेका ३१ वर्षका टासी वेन मोहाका साथबाट अवैध डलर रकम भेटिएको विमानस्थल सुरक्षा कार्यलयका प्रहरी प्रवत्ता दिनेशराज मैनालीले बताए ।

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ हजार ७०० डलरसहित इजरायली नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा बिहीबार दिउँसो १ बजे थाइ लायन एयरबाट बैंकक जान लागेका ३१ वर्षका टासी वेन मोहाका साथबाट अवैध डलर रकम भेटिएको विमानस्थल सुरक्षा कार्यलयका प्रहरी प्रवत्ता दिनेशराज मैनालीले बताए ।

ह्याण्ड व्याग चेकिङका क्रममा पर्सभित्रको सेतो प्लाष्टिकमा लुकाइ राखेको अवस्थामा डलर भेटिएको उनले जानकारी दिए । अवैध रुपमा डलर विदेश लैजान लागेकाले थप अनुसन्धान गरी कार्वाही अघि बढाउन राजश्व अनुसन्धान विभागमा पठाइएको मैनालीले जानकारी दिए ।