एनआईसी एसियाको हेटौंडा शाखामा कार्यरत कार्यलय सहायकलाई नियुक्तिपत्र र न्यूनतम सुविधा नदिएको उजुरी परेपछि मन्त्रालयले आवश्यक कारबाही गरी सोको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रोजगारमा पठाउन श्रम तथा व्यसायजन्य सुरक्षा विभागलाई पत्राचार गरेको छ ।
काठमाडौं । व्यवसायिक प्रतिष्ठानहरुले नियुत्तिपत्र र तलव नदिएको गुनासो आइरहेका बेला पारदर्शी व्यवसाय गर्ने बैङ्कका कर्मचारीले पनि सुविधा नपाएको उजुरी गर्न थालेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैङ्क र जनता बैङ्क ले कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलमा उजुरी परेको छ । दुबै बैङ्कले कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको उजुरी परेको हो ।
एनआईसी एसियाको हेटौडा शाखामा कार्यरत कार्यलय सहायकलाई नियुत्तिपत्र र न्युनतम सुविधा नदिएको उजुरी परेपछि मन्त्रालयले आवश्यक कार्वाही गरी सोको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय र रोजगार मन्त्रालयमा पठाउन श्रम तथा व्यसायजन्य सुरक्षा विभागलाई पत्राचार गरेको छ ।
विभागले गत माघ ७ गते एनआईसी र जनतालाई पत्राचार गरी सेवा सुविधाको विषयमा ७ दिनभित्र जानकारी पठाउन भनेको छ । सरकारले न्युनतम पारिश्रमिक निर्धारण गरी लागु भइसकेको सोको कार्यन्वयन गर्ने जिम्मा व्यवसायीक प्रतिष्ठानको भएको जानकारी विभागले गराएको छ ।
यस्तै हेटौडा औद्योगिक क्षेत्रभित्र रहेको पानी प्रशोधन केन्द्र डब्ल्युडब्ल्युटीपी र मोर्डन सेक्युरिटीज सर्भिसमा रहेका ३ जना कर्मचारीलाई न्युनतम तलव र नियुत्तिपत्र निदएको उजुरी परेपछि विभागले स्पष्टिकरण सोधेको छ । विनरक इन्टरनेसनले पनि कर्मचारीलाई न्युनतम तलव सुविधा नदिएको उजुरी परेको विभागले जनाएको छ ।