काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं : प्रहरीले गुन्डागर्दीमा संलग्न राजु गोर्खालीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गोर्खालीलाई आइतबार काठमाडौंको बानेश्वरबाट समातेको हो ।
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको छ । पक्राउ परेका गोरखालीलाई प्रहरी थुनामा राखी अनुसन्धान अघि बढाएको महाशाखाले जनाएको छ ।