क्युबामा शक्तिशाली आँधीबाट छको मृत्यु

यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताएका छन् । यसअघि यस आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

हवाना । क्युबाको राजधानी सहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताएका छन् । यसअघि यस आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

आँधीका कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारिखबाट नै प्रभावित भएका थिए । रासस/एएफपी