हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए । घटनास्थलबाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ ।
बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झन्डै १ सय ५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ ।
हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए । घटनास्थलबाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ ।
स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ ।