विभागले जारी गरेको सुचनाको श्रम मन्त्रालयद्धारा खण्डन, यथार्थ बाहिर ल्याउने छौ : अधिकारी

काठमाडौं । भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य लिनुपर्ने निर्णय नभएको सामाजिक सुरक्षा मन्त्रालयले स्पष्टपारेको छ । भारतीय नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने समाचार विभिन्न सञ्चार माध्ययमा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो बुझी आज बुधबार स्पष्ट पार्ने छौं मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्धार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्यतथ्य बाहिर ल्याउने नै छौ उनले भने ।

विभागले भारतीय नागरिकले नेपालममा काम गर्न अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने जानकारी गराएको थियो । सरकारको यो नीति कार्यन्वयनमा आए भारतमा कार्यरत ३० लाख नेपालीको भविष्य पनि अनिश्चित हुने देखिन्छ ।

यो पनि हेर्नुस

१९५० को सन्धी विपरीत भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य, भारतमा काम गर्ने ३० लाख नेपालीको भविष्य के हुन्छ ?