व्यवसायजन्य सुरक्षा विभागका डीजीसँग श्रम मन्त्रालयले माग्यो स्पष्टीकरण

भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने विषयमा समाचार सार्वजनिक भएलगत्तै श्रम मन्त्रालयले कार्यालय समयभन्दा अघि नै डीजीलाई कार्यालयमा बोलाई कुन उद्देश्यले परिपत्र गरिएको हो भन्ने विषयमा लिखित जवाफ माग गरिएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

काठमाडौं । भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु भन्ने सर्कुलरप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त डीजी उदयकुमार गुप्तालाई स्पष्टीकरण माग गरेको छ ।

भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने विषयमा समाचार सार्वजनिक भएलगत्तै श्रम मन्त्रालयले कार्यालय समयभन्दा अघि नै डीजीलाई कार्यालयमा बोलाई कुन उद्देश्यले परिपत्र गरिएको हो भन्ने विषयमा लिखित जवाफ माग गरिएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भारतीय नागरिकलाई श्रम स्वीकृति लिनुपर्ने विषयमा कुनै धारणा नरहेको बताएका छन् । मन्त्रालयको जानकारीबिना कसको संलग्नतामा यस प्रकारको अफवाह फैलिने परिस्थितिको सिर्जना भयो भन्ने विषयमा आवश्यक छलफल र अनुसन्धान भइरहेकाले बेलुकासम्म स्पष्ट पार्ने उनको भनाइ छ ।

यसैबीच विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले भारतीय नागरिकका विषयमा हेलो सरकारमा उजुरी परेको र सोही आधारमा परिपत्र गरिएको बताए । हाल निमित्त डीजी मन्त्रालयमै छन् ।

नेपालमा पाँच लाख भारतीय कामदार कार्यरत छन् । तर, भारतमा ३० लाखभन्दा बढी नेपाली कामदार छन् । यदि सरकारले भारतीय कादारलाई अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था लागू ग¥यो भने, भारतले पनि त्यही गर्न सक्छ । यस्तो हुँदा नेपाललाई ठूलो नोक्सान हुन सक्ने टिप्पणी आएसँगै मन्त्रालय र विभागबीच दुरी बढेको छ ।