मन्त्रालय श्रोतका अनुसार निमित्त डीजीले बुझाएको स्पटीकरणको अध्ययन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने छ । अनुमति विनै विभागले सर्कुलर जारी गरेपछि विमागका डीजी प्रति मन्त्रालय असन्तुष्ट बनेको हो ।
काठमाडौ । हेलो सरकारमा आएको जिज्ञासाको आधारमा भारतीय नागरिकलाई अनिवार्य रुपमा श्रम स्वीकृती लिन सर्कुल जारी गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक (डीजी) उदयकुमार गुप्ताले स्पटीकरण बुझाएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी विनै विभागले सर्कुल जारी गरेको भन्दै आपत्ती जनाउदै निमित्त डीजीलाई २४ घण्टे लिखित स्पटीकरण माग गरेको थियो ।
मन्त्रालय श्रोतका अनुसार निमित्त डीजीले बुझाएको स्पटीकरणको अध्ययन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने छ । अनुमति विनै विभागले सर्कुलर जारी गरेपछि विमागका डीजी प्रति मन्त्रालय असन्तुष्ट बनेको हो ।
मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मंगलबार राती नै विज्ञप्ती जारी गरी विभागको सर्कुलको खण्डन गरेका छन् । उनले मन्त्रालयले भारतीय नागरिकलाई श्रम स्वीकृती लिनु पर्ने विषयमा कुनै निर्णय नभएको र सर्कुलर पनि विभागले आफु खुसि जारी गरेको उल्लेख गरेका छन् ।
नेपालमा पाँच लाख भारतीय कामदार कार्यरत छन् । तर, भारतमा ३० लाखभन्दा बढी नेपाली कामदार छन् । यदि सरकारले भारतीय कादारलाई अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था लागू गर्यो भने, भारतले पनि त्यही गर्न सक्छ । यस्तो हुँदा नेपाललाई ठूलो नोक्सान हुन सक्ने टिप्पणी आएसँगै मन्त्रालय र विभागबीच दुरी बढेको छ ।