इन्टर्नसिप आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

कुल छ महिनाको इन्टर्नसिपमा टीईपीसीका धेरै विभाग र क्षेत्रमा व्यावहारिक ज्ञान र सीप सिक्ने मौकासहित उनीहरुले मासिक १० हजार आर्थिकवृत्ति पनि पाउने छन् ।

आज एउटा विशेष समारोहमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) तथा काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (केयूएसओएम)बीच इन्टर्नसिप सेवा आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भयो । हस्ताक्षर कार्यक्रममा प्रो डा रामकण्ठ मकाजु तथा टीईपीसीका कार्यकारी निर्देशक शरदबिक्रम राणा उपस्थित थिए । कार्यक्रममा टीईपीसीका तफैबाट उपकार्यकारी निर्देशक बिमल नेपाल तथा सुयश खनाल र उपनिर्देशक राजेन्द्र सिंह थिए भने केयूएसओएमका डिन प्रो विनोद केसी सहित वरिष्ठ प्रोफेसर र लेक्चररहरुको उपस्थिति थियो ।

सम्झौता अनुसार त्यस्ता दस स्नातक विद्यार्थीहरुले अवसर पाउने छन् जो एमबीए गर्ने तयारी गर्दै छन् । कुल छ महिनाको इन्टर्नसिपमा टीईपीसीका धेरै विभाग र क्षेत्रमा व्यावहारिक ज्ञान र सीप सिक्ने मौकासहित उनीहरुले मासिक १० हजार आर्थिकवृत्ति पनि पाउने छन् । टीईपीसीमा रहँदा विद्यार्थीहरुले आपूmले विश्वविद्यालयमा अध्ययन गरेका सैद्धान्तिक विषयलाई व्यावहारिक रुपमा लागू गर्ने मौका पाउने छन् तथा त्यहाँका कर्मचारीहरुले पनि विद्यार्थीहरुले अध्ययन गरेका नयाँनयाँ ज्ञान र सीपको फाइदा लिन सक्नेछन् ।

केन्द्रका उच्च पदाधिकारीहरुको निर्देशनमा इन्टर्नहरुले गर्ने अनुसन्धान र विश्लेषण गर्ने तरिका व्यापार व्यवसायमा प्रयोग गरिने अपेक्षा गरिएको छ ।