पाँच लाख घुस काण्डमा काठमाडौंका जिल्ला न्यायाधीश सर्वोच्च तानिए

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भेटिएपछि अख्तियारले नासु चालिसेलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।

काठमाडौं । सेवाग्राहीसंग घुस लिएको अभियोगमा जिल्ला अदालत काठमाडौंका न्यायधीश बाबुकाजी बानियाँमाथी सर्वोच्च अदालतले अनुसन्धान थालेको छ ।

गत माघ १७ गते ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँको नाम पोलेपछि अनुसन्धानका लागि जिम्मेवार मुक्त बनाएर सर्वोच्च तानिएको स्रोतले जानकारी दियो ।

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भेटिएपछि अख्तियारले नासु चालिसेलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो । सो प्रकरणमा न्यायाधीश बानियाँको संलग्नता देखिएपछि अख्तियारले सर्वोच्चलाई जानकारी गराएको थियो ।