१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा पक्राउ

काठमाडौं महानगरपालिका-१३ वाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ वाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै साली सर्लाही बलरा नगरपालिका-५ घर भई सोही स्थान बस्ने किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्की चुहा नगरपालिका-३ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय बालाराम बसुटेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालारामले माघ १९ गते ललाई फकाई बिबाह गर्छु भनि प्रलोभनमा पारी आफ्नै घरमा लुकाई छिपाई राखी जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बालारामलाई पक्राउ गरेको हो । ​यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।