प्रदीपको प्रदीप्त व्यवसाय

अध्ययनका लागि अमेरिका गएका प्रदीपमानका छोरा फर्किसकेका छन् । छोरालाई पनि आफ्नै व्यवसायको नेतृत्व सुम्पिन उनी आतुर छन् । आफ्नो उमेर पनि ‘रिटायर्ड लाइफ’ मा जाने क्रममा रहेकाले व्यवसायमा तेस्रो पुस्ता आउनुपर्ने उनको धारणा छ ।

एक जना यस्ता व्यवसायी जसले, आफ्ना बाबुले सुरु गरेका व्यवसायलाई मात्रै अघि बढाएनन्, अन्य व्यवसाय विस्तारमा पनि उत्तिकै महङ्खवपूर्ण योगदान गरे । ती व्यवसायी हुन्— हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधान ।

व्यवसाय विस्तारका बेला उनले विभिन्न चुनौती एवम् समस्यासँग पैंठेजोरी पनि खेल्नुप¥यो, तर त्यसका कत्ति पनि विचलित नभई अघि बढिरहे । अहिले ५८ वर्षको वयमा पनि उनी व्यवसायलाई नै अघि बढाउन दत्तचित्त छन् ।

प्रदीप जति बेला स्कुल पढ्दै थिए, त्यो समय बुबा अच्योतमान प्रधान सरकारी जागिरे थिए । केही समयपछि बुबाको सरुवा उपत्यकाभन्दा बाहिर भयो । दुई वर्ष त अच्योतमानले सरकारी जागिरलाई नै निरन्तरता दिए । पछि भने राजीनामा गरे र आफ्नै व्यवसाय थाले ।

अच्योतमानले २०३० सालतिर नै हिट्को कम्पनीका लागि सामान सप्लाईको काम सुरु गरिसकेका थिए । औपचारिक रुपमा भने २०३२ साल मङ्सिरदेखि कम्पनी दर्ता भयो । र सामान सप्लाईको कामले तीव्रता पायो ।

त्यति बेला प्रदीपमानले एसएलसी दिइसकेका थिए । त्यसको भोलिपल्टै उनले बाबुले थालेको व्यवसायमा सघाउन थाले । कहिले अकाउन्टेन्ट भएर काम गरे त कहिले सामान सप्लाईको जिम्मेवारी पनि उनको काँधमा आयो । त्यति मात्र होइन, कम्पनीमा सेल्सदेखि बैङ्किङ क्षेत्रसम्म अग्रसर भएर बाबुलाई सघाएको उनको भनाइ छ ।

एसएलसी सकेपछि काठमाडौंको सरस्वती क्याम्पसमा व्यवस्थापनमा कक्षा ११ मा भर्ना भए । त्यहाँ पढ्दै थिए, व्यवसायमा बुबालाई सघाउनुपर्ने अवस्था आइलाग्यो । र लागे व्यवसायतर्फ । व्यवसाय गर्ने बेलामा उनले पढाइलाई भने छाडेनन् । सरस्वती क्याम्पस छाडेर थप अध्ययनका लागि उनले शङ्करदेव क्याम्पस छाने ।

त्यहाँबाट उनले एमबीएसम्मको शिक्षा हासिल गरे । २०४२ सालमा एमबीए अध्ययन पूरा गरेपछि प्रदीपमानले बुबाले थालेका सबै बिजनेस हेर्न थाले । देशमै केही गरेर देखाउनुपर्छ भन्ने मान्यताले उनीलाई बुबाले व्यवसायमा लाग्न प्रेरित गरेका थिए ।

अहिले हिट्को कम्पनीले ४४ वसन्त पूरा गरिसकेको छ । कम्पनीका वस्तु तथा सेवाप्रति माग बढ्दै गएको छ । तर यति लामो अवधि पूरा गरिसक्दा पनि प्रधान अझै सन्तुष्ट छैनन् । केही गरेर देखाउनुपर्छ भन्ने भावले उनलाई काम गर्न अभिप्रेरित गरिरहेको छ ।

बाबुले नेतृत्व गरिरहेको व्यवसायमा प्रदीपमानले भने २०५६ सालपछि मात्र जिम्मेवारी सम्हालेका हुन् । हिट्कोले पहिले निर्माणसम्बन्धी बाटो पेन्टिङ गर्ने, कङ्क्रिट मिक्स्चर पेन्ट गर्ने, क्रसर मेसिन, भ्राइबेटर लोडर, लोडर सप्लाई जस्ता अत्यावश्यक सामग्रीको सप्लाई गथ्र्याे । तर अहिले यस्ता समान निर्माण व्यवसायी आफैंले जुटाउने गरेका छन् ।

सुरुमा हिट्कोले सरकारी काम बढी गथ्र्याे । तर बुबाबाट कम्पनी हस्तान्तरण भएपछि सरकारी ठेक्कामा मात्र काम गरेर नहुने भन्दै प्रदीपले आफ्नो सामान मगाएर बेच्ने निर्णय लिए । त्यसपछि एलजी नामक कम्पनीलाई सन् १९९४ मा नेपाल भित्र्याए पनि । त्यस्तै फायर फाइटिङका सामान दमकल जस्ता उपकरण मात्र भित्र्याएनन् उनले, सँगै उद्योग क्षेत्रमा अवश्यक पर्ने सम्पूर्ण सामानसमेत ल्याउन थाले ।

पहिल्यैदेखि हिट्को कम्पनीले वारुण नियन्त्रणमा सघाउने उपकरण आयातको काम गरिरहेको थियो । हिट्कोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दमकलका लागि प्रयोग हुने ब्रिटिस कम्पनीको कार्पेट्री फर्म सप्लाईको कामसमेत पाएको थियो । त्यति मात्र होइन, कम्पनीले देशका विभिन्न नगरपालिका, नारायणहिटी राजदरबार र आर्मीका लागि २७ थान दमकल सप्लाई गर्ने काम पनि ग¥यो ।

हिट्को कम्पनीको नेतृत्वमा आफू पुगेपछि प्रदीपमानले बैङ्कको कर्जा आदि समस्यासँग पनि पैंठेजोरी खेल्नुप¥यो । तर हिम्मत नहारी काम गरे र अघि बढे । परिवारको जेठो छोरो भएका नाताले कम्पनीसँगै पारिवारिक जिम्मेवारी पनि बढी थियो । तर पनि उनले परिवार, अफिस सबैतिर व्यावहारिक एवम् नीतिगत समस्या समाधान गरेरै अघि बढे । र यो अवस्थासम्म कम्पनीलाई ल्याइपु¥याए ।

व्यवसाय सुरु गर्दाताका हेभी इक्विपमेन्ट सप्लाई र सञ्चालन सजिलो थिएन । भन्नेबित्तिकै उपकरण पाउन पनि गाह्रो थियो । हिट्कोले सुरुदेखि नै भारतीय कम्पनी एल्गी इक्विपमेन्टसँग सहकार्य गरेर हिभी इक्विपमेन्ट आयात गरेको हो । कम्पनीले अहिले पनि एलगीसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।

हिट्को कम्पनीले अहिले ईएलजीआई इक्विपमेन्ट कम्पनीका सामान पनि सप्लाई गर्दै आएको छ । एलजीले अटो पार्ट्स तथा त्यससम्बन्धी विभिन्न इक्विपमेन्ट बनाउँछ । पछिल्लो समय हिट्कोले हाइड्रोपावरको क्षेत्रमा पनि काम गरिरहेको छ ।

हाइड्रोपावरमा प्रयोग हुने मेसिन, कम्प्रेसर, गाडीको मेसिन, वर्कसपका सामान, आगो निभाउन प्रयोग हुने सिलिन्डरका अतिरिक्त सीसी क्यामेरा तथा ग्यारेज इक्विपमेन्ट नेपालमा ल्याएर विभिन्न क्षेत्रमा सप्लाई गरिरहेको छ ।

कम्पनीले सडकको धूलो उठाउने पम्प, टनेल बोरिङ गर्दा हावा दिने कम्प्रेसर, बोरिङ गर्दा प्रयोग हुने कम्प्रेसर सप्लाई गर्दै आएको प्रदीपमान बताउँछन् । सोलार, ट्रान्सफर्मरलगायत सामान पनि बिक्रीवितरण गरिरहेको उनको भनाइ छ ।


अहिले मेचीदेखि महाकालीसम्म हिट्को कम्पनीकै ओटोमोबाइल्ससम्बन्धी पार्टपुर्जा बिक्री हुन्छन् । नाम तथा गुणस्तरीय सामानका कारण अहिले हिट्कोको चर्चा चुलिँदै गएको छ ।
‘अन्तर्राष्ट्रिय स्तरका धेरै कम्पनीसँग सहकार्य गरियो । विमानस्थलमा ग्राउन्ड सपोर्टिङ इक्विपमेन्टका अतिरिक्त दमकल र सुरक्षाका सामानका लागि ती कम्पनीसँग साझेदारी भयो,’ प्रदीपमान भन्छन्, ‘अहिले एलजी कम्पनीसँग सहकार्य भएपछि हिट्को त्यसतर्फ नै केन्द्रित हुँदै गएको छ ।’ उनले अहिले मेटल हेन्डलमा समेत लगानी गर्ने भएका छन् ।

हिट्कोले नेपालका काठमाडौं, सिमरा, विराटनगर, नरायणगढ र बुटवलबाट सेवा दिइरहेको छ । यी सहरमा कम्पनीका कार्यालय सञ्चालनमा छन् । निकट भविष्यमै नेपालगन्जमा पनि खोल्न लागिएको प्रदीपमानले बताए ।
अध्ययनका लागि अमेरिका गएका प्रदीपमानका छोरा फर्किसकेका छन् । छोरालाई पनि आफ्नै व्यवसायको नेतृत्व सुम्पिन उनी आतुर छन् । आफ्नो उमेर पनि ‘रिटायर्ड लाइफ’ मा जाने क्रममा रहेकाले व्यवसायमा तेस्रो पुस्ता आउनुपर्ने उनको धारणा छ । ‘समयले साथ दियो र नयाँ जेनेरेसनको साथ पाएँ भने अटोवर्कसपसम्बन्धी उद्योग खोल्ने इच्छा छ,’ उनी भन्छन् ।

हिट्कोमा अहिले करिब ७० जनाले रोजगारी पाएका छन् । यसमा करिब १० करोड रुपैयाँ लगानी भएको छ । हिट्को नाफा कमाउने मात्र उद्देश्यले अघि नबढेको उनको भनाइ छ । गुणस्तरीय पाटपुर्जा तथा वर्कसपका कारण देशभरका सेवाग्राहीले रुचाएको र नम्बर एक कम्पनी बन्न सफल भएको उनको दाबी छ ।

प्रधान अहिले नेपाल अटो डिलर्स एसोसिएसन (नाडा)अन्तर्गत हेभी इक्विपमेन्ट, ट्र्याक्टर एन्ड वर्कसप इक्विपमेन्ट कमिटीका सहअध्यक्ष छन् । भारतीय ईएलजी इक्विपमेन्ट प्रालि, सोर आरन एन्ड स्टिल कर्पोरेट प्रालि, स्टिलेज इन्ड्रस्ट्रिज लिमिटेड, गुनिब्बो स्विडेन जेभी, ग्लोब डिटेक्टिभ एजेन्सिज प्रालि, स्टाटिक सिस्टम, एडभान्स सिमिकन्डक्टर अईएनसीसँग हिट्कोले सहकार्य गरिरहेको छ । बेलायतको एल एयर कन्डिसनइलेक्ट्रो, अमेरिकी कम्पनी ¥यापिस्क्यान एन्ड ईसीआईएल ¥यापिस्क्यानलगायत चर्चित कम्पनीबाट तिनका उत्पादन नेपाल ल्याएर सप्लाई गर्ने काम पनि गर्दै आएको छ ।

हिट्को कम्पनीले अहिले ईएलजीआईका अटोमेबाइल इक्विपमेन्ट, रोयट्री स्क्रू एयर कम्प्रेसर र रिसिप्रोकार्टिङ ऐयर कम्पे्रसर सप्लाई गरिरहेको छ । यसका अटोमोटिभ क्षेत्रमा लिफ्टिङ, वासिङ, लुबी, ह्विल वासिङ, पेन्युमेटिकलगायत इक्विपमेन्ट पनि नेपालभर चर्चित छन् ।

क्यापिटल बिजनेस म्यागजिनबाट