काठमाडौंस्थित तिलगङ्गाबाट ३५० ग्राम सुनसहित दुइ जना प्रक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सप्तरीका सन्तोष यादव र समित सपीलाई भन्सार छलीको सुनसहित पक्राउ गरेको प्रवक्ता डिएसीपी होमिन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं । प्रहरीले काठमाडौंको तिलगंगाबाट अवैध भन्सार छलीको ३५० ग्राम सुनसहित दुइ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सप्तरीका सन्तोष यादव र समित सपीलाई भन्सार छलीको सुनसहित पक्राउ गरेको प्रवक्ता डिएसीपी होमिन्द्र बोगटीले जानकारी दिए ।

कतार एयरलान्सबाट बैदेशिक रोजगारीबाट फर्केका युवाहरु प्रयोग गरी उनीहरुले ५० ग्रामका सुन बाला ल्याएका थिए । पक्राउ परेको दुइ जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाउने डीएसपी बोगटीले बताए ।