महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले ठगी गर्ने भण्डारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले उदयकान्त शाहलाइ असइमा नाम निकालिदिने भन्दै ७० हजार रुपैयाँ लिएका थिए ।
काठमाडौ । नेपाल प्रहरीको असइमा नाम निकालिदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरीका नवराज भण्डारी रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले ठगी गर्ने भण्डारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले उदयकान्त शाहलाइ असइमा नाम निकालिदिने भन्दै ७० हजार रुपैयाँ लिएका थिए ।
असइमा नाम ननिस्केपछि शाह प्रहरीकोमा उजुरी गर्न पुगेका थिए । भण्डारी आफु आइजीपी सर्वेन्द्र खनालको आफन्त भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।