हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले आयोजना गरेको प्रतियोगितामा ७० छात्र र ६० छात्रा गरी कुल १३० जना खेलाडीहरुले भाग लिएका थिए ।
काठमाडौ । सेन्ट जर्ज उपत्यकाव्यापी दोस्रो तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले आयोजना गरेको प्रतियोगितामा ७० छात्र र ६० छात्रा गरी कुल १३० जना खेलाडीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा २० केजी तौल देखि ५५ केजी तौलका विभिन्न समूूहमा सञ्चालन भएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको सभापत्तित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश नं. ३ का सभासद नारायण सिलवालले खेलकुद विकास गर्न सकेमा मात्रै समाज र देशको विकास हुने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपलले मेघराज बजगाइले गरेका थिए । यस अघि विद्यालयका छात्र–छात्राहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुुत गरेका थिए । यस प्रतियोगितामा साम्भवी स्कुलले ६ वटा स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल ग¥यो भने सिद्धार्थ स्कुल दोस्रो र सनसाइन स्कुल तेस्रो स्थानमा रहन सफल भयो ।
अनुुशासित टिमको पुरस्कार भने सेन्ट जर्ज स्कुलले प्राप्त गर्न सफल रह्यो । अखिल नेपाल तेक्वान्दो एकेडेमीको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा जुुरीको भूूमिका अन्तराष्ट्रिय रेफ्री अनुयाज गौतमले गरेका थिए ।