नेपाल कृषि पत्रकार प्रतिष्ठानको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गोविन्द घिमिरे निर्विरोध

नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष अधिकारी, महासचिव पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी चयन भएका छन् ।

काठमाडौ । नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)को नयाँ कार्यसमिति चयन भएको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सहित १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष अधिकारी, महासचिव पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजाराम कार्की, सविन धमला,गोपाल आले मगर,कौशिला कुँवर, अर्पणा आले मगर, गोमा पाण्डे र किरण अर्याल चयन भएका छन् ।

कृषिक्षेत्रमा कलम चलाउने पत्रकारहरुको छाता सगठनको रुपमा रहेको यस सस्था २०७० मा स्थापना भएको थियो । यसअघिको जोनको दुइ कार्यकालको अध्यक्षमा राजेश बर्मा रहेका थिए ।