no-image

आइतबार बजार घटेपछि कारोबार रकममा पनि गिरावट आई २३ करोड ५१ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार १२ अंक घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १२७ अंकमा सीमित भएको छ ।

आइतबार बजार घटेपछि कारोबार रकममा पनि गिरावट आई २३ करोड ५१ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २०९ मा १ करोड ४० लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २३१ रुपैयाँमा १ करोड ३९ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

होटल बाहेक, बैंक, वित्त, जलविद्युत, उत्पादनमुलक, लघुवित्त, वित्त, बिमा कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र सोल्टी होटल्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाएका छन् ।