६ हजार घुस खाने मालपोत कार्यालयका नायव सुब्बा पक्राउ

सेवा ग्राहीको जग्गा हालसाविक गर्दा सहज गरिदिने ६ हजार घुष खाने नासु राजभण्डारीलाई अख्तियारको टोलीले आईतबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

काठमाडौं । सेवा ग्राहीसँग ६ हजार घुस खाने मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमार बहादुर राजभण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

सेवा ग्राहीको जग्गा हालसाविक गर्दा सहज गरिदिने ६ हजार घुष खाने नासु राजभण्डारीलाई अख्तियारको टोलीले आईतबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

बिचौलीयासँग मिलेर नासु राजभण्डारीले सेवा ग्राहीबाट घुस खाने गरेको सुचनापछि अख्तियारको टोली उनको पछि लागेको थियो । घुष सहित पक्राउ परेका राजभण्डारीका बारेमा अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।