बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।
काठमाडौं : बलात्कार आरोप लागेका दिल्प दमाईमाथि प्रहरीले गोली प्रहार गरेको छ । उनी कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए ।
बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।
दमाईमाथि बालिका बलात्कार गरेको आरोप छ । उनको खुट्टामा गोली लागेको छ । उपचारका लागि दमाईलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।