आईएससँग आबद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

बुर्सा सहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती सन्दिग्ध आईएस लडाकू पक्राउ परेका थिए ।

इस्तानबुल । टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहसँग आबद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरिएको टर्कीको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

बुर्सा सहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती सन्दिग्ध आईएस लडाकू पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमानहरु पनि कब्जामा लिइएको बताइएको छ ।

टर्कीका आईएस लडाकू समूहले केही वर्षयता जारी राखेको द्वन्द्वका क्रममा ३ सयभन्दा बढी टर्कीजको मृत्यु भइसकेको छ । (रासस/सिन्हवा)